Sunday, October 14, 2018

नाटक खदामा

परिवर्तन थियटरको प्रस्तुति नाटक "खदामा"























सीमान्त सहर काँकरभिट्टामा नाट्य संस्कृति जबरजस्त स्थापित गर्ने परिवर्तन थियटरको प्रस्तुति नाटक 'खदामा' आज हेरियो । खाडी मुलुकमा घरेलु काम गर्न जाने महिलालाई खदामा भनिन्छ । यो नाटक समस्यामूलक नाटक हो । नेपाली समाजका हरेक समस्याको पिँधमा महिलाहरु हुन्छन् । त्यसैले हरेक समस्यामा उनीहरु नै पिल्सिन्छन् । नाटक खदामाले प्रमुख पात्र फूलमायाका माध्यमबाट देशमा हुँदा भट्टी पसल चलाएर परिवार चलाउनु परेको, जँड्याहा पति आवारा शैलीमा बाँचेको, पुरुष दलालहरुबाट बेचिएकी र नारकीय जीवन बाँच्नु परेको तथा नेपाली पुरुष कामदारको सहयोगले नेपाल फर्कन सके पनि पतिबाट तिरस्कृत र अस्वीकृत भएको अवस्था देखाएको छ । नाटकले नेपाली महिलाहरुले देशमा र विदेशमा यस्तो समस्या कहिलेसम्म भोग्नुपर्ने भन्ने प्रश्न गरेको छ । मित्र Parwat Portel Biswakarma ले पत्रकारिता रिपोर्टिङका सन्दर्भमा भेटिएका महिलाहरुको कथामा नाटक रुपक देखे । जसले उनको थप परिचय निर्माण गरेको छ 'नाटककार '। सबै कलाकार तथा परिवर्तन थियटरका सम्पूर्ण साथीहरुलाई बधाई ! प्रमुख भूमिकामा रहेकी Anuja Adhikari को Versatile अभिनयलाई सलाम !

No comments:

Post a Comment

कस्ले राम्रो भन्छ ? (मुक्तक)

 सञ्जालमा फोहोर गरेपछि कस्ले राम्रो भन्छ ? कर्मयोगीलाई मुख छोडेपछि कस्ले राम्रो भन्छ ?  दुनियाँको उन्नति र प्रगतिमा आफैँ जलेपछि आफ्नै कुण्ठा...